
१ साउन, काठमाडौं । साउन १ गते हिन्दु नेपालीहरुले गर्ने परम्परागत लुतो फाल्ने कर्म बिहीबार काठमाडौंको माइतीघरमा पनि गरिएको छ ।
स्वतन्त्र राष्ट्रिय अभियानको आयोजनामा भएको कार्यक्रममा पण्डित नै राखेर वैदिक विधिपूर्वक लुतो फाल्ने कार्यक्रम गरिएको थियो । विदेशी हस्तक्षेप, विदेशी आईएनजीओ र भ्रष्टाचारलाई लुतोको प्रतीक मानेर फालेको यसका अभियानकर्मीले बताएका छन् ।
बिहीबार देशका ७७ वटै जिल्ला र नेपालबाहिर २४ देशमा लुतो फाल्ने कार्यक्रम गरिएको स्वतन्त्र राष्ट्रिय अभियानले जानकारी दिएको छ । हिन्दु धर्मावलम्बीहरुमा रोग ब्याध नलागोस् भन्ने कामना गरी साउन १ गते साँझ लुतो फाल्ने प्रचलन छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4