+

नियम तोडेपछि जोफ्रा आर्चर दोस्रो टेष्टबाट वञ्चित

२०७७ साउन  १ गते १८:२५ २०७७ साउन १ गते १८:२५
नियम तोडेपछि जोफ्रा आर्चर दोस्रो टेष्टबाट वञ्चित

१ साउन, काठमाडौं । इंग्लिस फास्ट बलर जोफ्रा आर्चरले नियम तोडेपछि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् । बायो सेक्युरिटी प्रोटोकल तोडेपछि उनी दोस्रो टेष्टबाट वञ्चित भएका हुन् ।

दोस्रो टेष्ट बिहीबारदेखि म्यानचेष्टरमा शुरु हुँदैछ । पहिलो टेष्टमा इंग्ल्याण्ड वेष्ट इन्डिजसंग ४ विकेटले पराजित भएको थियो ।

दायाँ हाते बलरले अब पाँच दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ भने अब खेलमा फर्कन कोभिड-१९ नेगेटिभ भएको दुईवटा रिपोर्ट चाहिनेछ ।

आर्चरले कस्तो प्रकृतिको नियम उल्लंघन गरेको भन्ने यकिन भएको छैन ।

‘मैले जे गरेँ त्यसका लागि म एकदमै माफी माग्दछु’ आर्चरको भनाई उदृत गर्दै इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले उल्लेख गरेको छ ।

उनले दोस्रो टेष्ट खेल्न नपाउदा आफूलाई निकै दु:ख लागेको बताएका छन् ।

जोफ्रा आर्चर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय