Comments Add Comment

गैंडाकोट नगरपालिका एकसाताका लागि सिल

१ साउन, चितवन । नवलपुरको गैंडाकोट नगरपालिका एकसाताका लागि सिल गरिएको छ ।इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत ५ जना प्रहरी कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले भोलि शुक्रबारदेखि लागू हुने गरी एकसाताका लागि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार पाँच जना प्रहरी कर्मचारीसहित होम क्वारेन्टिनमा बसेका ८ जना, नगरपालिकाको क्वारेन्टिनमा बसेका ४ जना र एक जना स्थानीय व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेका कारण नगर क्षेत्र सिल गरिएको नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै साउन २ गतेबाट ८ गतेसम्म लागू हुने गरी नगर क्षेत्र सिल गरिएको जनाएको छ । दूध र दूग्धजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधि पसल बाहेकका अन्य पसलहरु, सबै प्रकारका होटल र निर्माण व्यवसाय बन्द गर्न नगरपालिकाले सूचना मार्फत अनुरोध गरेको छ । साथै  गैंडाकोट नगर क्षेत्र हुँदै सञ्चालन गरिने लामो दूरीका सवारी साधानहरुले कुनै पनि यात्रुलाई चढाउने, आराल्ने र रोक्न नपाउने नगरपालिकाले जनाएको छ ।

नगरपालिका क्षेत्र भित्रका बैङ्कहरुले स्वास्थ्य सुरक्षा सामाग्रीहरुको प्रयोग गर्दै सामाजिक दूरी कायम गरी अति न्युन कर्मचारी परिचालन गरी दैनिक कार्य सञ्चालन गर्ने र बैङ्क बाहेकका अन्य वित्तीय संस्था पूर्ण रुपमा बन्द गर्न अनुरोध गरेको छ । अत्यावश्यक कामबाहेक कोही पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन नगरवासीहरुलाई अनुरोध गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment