+
+

पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १९:५१

१ साउन, बुटवल । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पोखरी (ताल) मा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्ने गाउँपालिका-१ ओख्रेनाका १९ वर्षीय लजिम बुढा मगर रहेका छन् ।

सोही ठाउँमा रहेको गुप्त दह पोखरी (ताल) मा पौडी खेल्ने क्रममा डुबेर बुधबार उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । उनको शवलाई तालबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको बैदवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?