Comments Add Comment

१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण

गण्डकीमा एकैदिन ४७ जना थपिए

२ साउन, पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै लमजुङका हुन् । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् ।

उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माले जानकारी दिए ।

यसअघि शुक्रबार बिहानमात्रै गण्डकीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २७८ पुगेको छ । जसमध्ये ९२५ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किइसकेका छन् ।

गण्डकीमा ४ जना पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा, बागलुङ र स्याङजाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment