Comments Add Comment

गणेश थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले खेल पत्रकार प्रकाश तिमिल्सिनालाई दुर्व्‍यवहार गरेको भन्दै खेलकुद पत्रकार मञ्चले विरोध जनाएको छ ।

बिहीबार साँझ समाचार संकलनका लागि फोन वार्ता गर्ने क्रममा थापाले हाम्रो खेलकुद डटकमका सम्पादक तिमिल्सिनालाइ गाली गलौजसहित अभद्र ब्यवहार गरेका मञ्चले जनाएको छ ।

त्यसपछि थापाका छोरा अभिषेकले कार्यालयमा नै गई पत्रकार तिमल्सिनासँग बादविवाद गरेको भन्दै मञ्चले विरोध जनाएको छ ।

मन्चले यस विषयमा  नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराउँदै खेल पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment