+
+
Shares

मौद्रिक नीति उत्साह दिने आयोः बैंकर शाह

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १९:३८

२ साउन, काठमाडौं । नेपाल बैंकर संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोद्रिक नीति उत्साहजनक आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने बैंकर शाहले बताए ।

उनले ठूला ऋणिदेखि साना सबैलाई मोद्रिक नीतिले समटेको बताए । ‘निक्षेपका ग्राहक हुन या कर्जाका अनि निजी क्षेत्रका साथै हामी वित्तीय क्षेत्रलाई समेत वित्तीय स्थायित्व हुने किसिमको नीति आएको छ, यो एकदमै राम्रो छ’ अनलाइनखबरसँगको कुराकानीमा शाहले भने, ‘अब सरकारले पनि पहिलो क्वाटरदेखि विकास खच बढाउनु परो, अर्थतन्त्र राम्रै दिशामा जान्छ ।’

उनले बैंकहरुलाई चाहिने तरलता अब सरकारको विकास खर्चबाटै आउनु पर्ने बताए । साना तथा मझौला, कृषि, पर्यटनलगायत प्रत्येक क्षेत्रलाई समेट्न खोजिएको भन्दै उनले यो पनि राम्रो विषय भएको बताए ।

उनले आगामी दिन हुनसक्ने तरलता अभावलाई ध्यानमा राखेर सीसीडी रेसियो पुनरावलोकन गराइएको भन्दै यसले लगानी बिस्तारमा सघाउ पुग्ने बताए । आगामी दिनमा पर्यटन र रेमिटेन्स आय घट्ने हुँदा सीसीडीबाट स्रोत उपलब्ध गराउन खोजिएको बताए ।

फोर्स मर्जरको निकै चर्चा हुने गरे पनि प्रोत्साहन हुने किसिमको नीति आएको भन्दै उनले खुसी व्यक्ति गरे । जर्वजस्त मर्जर गर्दा भन्दा प्रोत्साहन गर्दा नै राम्रो रिजल्ट आउने उनले बताए ।

बैंकर्स संघले दिएको सुझावहरु सबै नसमेटिएको उनले बताए । यद्यपि, मुल सुझावहरु भने राष्ट्र बैंकले समेटेको उनले बताए । ‘अब बैंकिङ क्षेत्र वा निजी क्षेत्रको मात्रैसुझावहरु समेटेको भए सन्तुलन कायम हुदैन थियो होला’ उनले भने, ‘सबै क्षेत्र समेटिने गरेर आएको छ, यो धेरै राम्रो भयो ।’

बैंकका सीईओ र सञ्चालकहरुको तलब सुविधा पुनरावलोकन हुने विषयमा पनि उनले नकरात्मक सोच्न नहुने बताए । मौद्रिक नीतिमा स्पष्ट नभनिएकाले अहिले यो नै हुन्छ भन्न नसकिने बताए ।

कुनै एउटा सीईओलाई राम्रो/नराम्रो हुने भन्दा पनि समग्रमा राम्रो हुने निर्णय राष्ट्र बैंकले गर्छ भन्नेमा आफू ढुक्क भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?