Comments Add Comment

‘आमा’पछि नयाँ फिल्मको तयारीमा दिपेन्द्र र शर्मिला

गतबर्षको सफल चलचित्र ‘आमा’का निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले नयाँ चलचित्र बनाउने तयारी थालेका छन् । शर्मिला र दिपेन्द्रले एकसाथ काम गर्न थालेको पहिलो चलचित्र भने ‘लभ लभ लभ’ हो । यसपछि, उनीहरुले एकसाथ चलचित्रमा सहकार्य गर्दै आएका छन् ।

चलचित्र ‘आमा’ले समिक्षागत र व्यापारिक रुपमा नै सफलता पाएपछि उत्साहित बनेकी निर्मात्री पाण्डेले फेरि सामाजिक कथामै चलचित्र बनाउने तयारी थालेको बताइन् । उनले अनलाइनखबरसँग भनिन्–‘हामीले स्क्रिप्टको काम सकेर बसेका छौं । फेरि पनि सामाजिक बिषयवस्तुमै चलचित्र बनाउने तयारीमा छौ । सरकारले छायांकनको अनुमति दिएपछि काम सुरु गर्छौ ।’

शर्मिलाले आफूले व्यवसायिक कथामा पनि चलचित्र बनाउने बताइन् । तर, दर्शकले आफ्नो टिमबाट सामाजिक कथाका चलचित्र नै बढी अपेक्ष गर्न थालेकाले नयाँ चलचित्रमा पनि समाजमा घटेकै कथार्लाइ मर्मस्पर्शी रुपमा प्रस्तुत गर्न लागिएको शर्मिलाको भनाई छ ।

निर्मात्री पाण्डे भदौबाट चलचित्रको छायांकन सुरु गर्न सकिनेमा विश्वस्त छिन् । चलचित्रको रिलिज भने अर्को बर्ष गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment