Comments Add Comment

रौतहटका सरकारी कार्यालय आजबाट सञ्चालनमा

४ साउन, काठमाडौं । लामो समयदेखि बन्द रहेको रौतहटको सरकारी कार्यालयहरु आइतबारबाट सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट नियमित सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

प्रजिअ घिमिरेका अनुसार असार ३१ गते बसेको बैठक अनुसार कर्मचारी र सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुचारु गरिएको हो ।

जिल्लामा कोरोना संक्रमण उच्च बनेपछि जिल्ला प्रशासन कार्यालयले जेठ ३२ गतेदेखि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयले दिने सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment