Comments Add Comment

मास्कलाई चिउँडोमुनी नतानौं !

४ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न अहिले धेरै मानिसले मास्क लगाउन थालेका छन् । मास्कले कोरोना भाइरसको संक्रमण रोक्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्व स्वास्थ्य संगठनले पनि बताइसकेको छ ।

तर मास्क लगाउन नजान्दा संक्रमणको जोखिम झनै बढ्छ । सामान्यतया हामीले मास्क लगाइरहेको अवस्थामा केही खान, पिउन वा अन्य केही गतिविधिको लागि मास्कलाई चिउँडोमा झार्छौँ र काम सकिसकेपछि माथि साछौँ ।

यसले संक्रमणको जोखिम भने झनै बढाउँछ ।

वैज्ञानिकहरुका अनुसार मास्क लगाउँदा मानिसको चिउँडोभन्दा मुनिको भाग खुला रहेको हुन्छ । मास्क चिउँडोभन्दा तल झार्दा उक्त खुला ठाउँमा भएका भाइरसहरु मास्कको भित्री भागमा टाँसिन्छन् । त्यसपछि फेरि मास्क माथि सार्दा उक्त भाइरस हाम्रो नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छन् ।

यसो गर्दा मानिसहरुमा संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले केही खाँदा, पिउँदा वा अन्य मास्क खोल्नुपर्ने काम परेमा मास्क पूर्णरुपमा खोलेर काम सकेपछि पुनः लगाउने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment