Comments Add Comment

इरानमा एक डलरको मूल्य दुई लाख तीन सय रियाल

४ साउन, काठमाडौं । इरानको मुद्रा रियाल अनौपचारिक बजारमा अमेरिकी डलरको तुलनामा निरन्तर अवमूल्यनमा परिरहेको छ । शनिबार मुद्रा अवमूल्यनले इरानमा नयाँ कीर्तिमान कायम गरेको छ ।

अमेरिकाको प्रतिबन्ध र कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण यस वर्ष इरानको मुद्रा रियाल करिब ५० प्रतिशत अवमूल्यन भइसकेको छ । विदेशी मुद्रा विनिमयसम्बन्धी वेवसाइट बोनबास्ट डटकमका अनुसार शुक्रबार एक डलरको मूल्य दुई लाख ४२ हजार तीन सय रियाल पुगेको थियो ।

आर्थिक समाचार पत्र दुनिया ए एक्तेसादका अनुसार शनिबार एक डलरको लागि इरानको अनौपचारिक बजारमा दुई लाख ५२ हजार तीन सय रियाल दिनुपरेको थियो । जबकी शुक्रबार एक डलरको लागि दुई लाख ४१ हजार तीन सय रियाल दिनुपर्ने थियो ।

सन् २०२० मा इरानको मुद्रा करिब ४८ प्रतिशत अवमूल्यनमा परिसकेको छ । तेलको मूल्यमा आएको कमी र विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीको कारण इरानको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।

यो मुलुकमा कोरोना भाइरसको असर पनि धेरै परेको छ । यो मुलुकमा मध्यपूर्वमा सबैभन्दा धेरै संक्रमित र मृतक फेला परेका छन् । इरानमा डलरको आवश्यकता मुख्यरुपमा औषधि आयातको लागि पर्ने गरेको छ । इरानको आधिकारिक बजारमा डलरको भाउ ४२ हजार रियाल छ ।

सन् २०१८ को मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको परमाणु सम्झौता रद्द गर्ने निर्णय गरेका थिए र इरानमा पुनः नयाँ प्रतिबन्ध लगाएको थियो । इरानका राष्ट्रपति हसन रौहानीले रियालमा ठूलो गिरावट आउनुमा निर्यातकर्ता जिम्मेवार रहेको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment