Comments Add Comment

टोटनहमसँग लेस्टर हार्दा चेल्सी र युनाइटेडलाई फाइदा

५ साउन, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा टोटनहमले चौथो स्थानको लेस्टर सिटीलाई पराजित गर्दा तेस्रो स्थानको चेल्सी र पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडलाई फइदा पुगेको छ ।

ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले लेस्टरलाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा केनले ३७औं र ४०औं मिनेटमा गोल गरे । त्यसअघि खेलको छैटौं मिनेटमा लेस्टरका जेम्स जस्टिनले आत्मघाती गोल गरेका थिए ।

जितपछि टोटनहम आफैँ अंकतालिकामा छैटौं स्थानमा उक्लेको छ र युरोपा लिगको लागि प्लेअफमा स्थान बनाउने सम्भावना कायम राखेको छ ।

उता शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको लेस्टरलाई यो हारले ठूलो धक्का लागेको छ । हारपछि लेस्टरले चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने मौका पनि गुमाएको छ ।

३७ खेलबाट ६२ अंक रहेको लेस्टर चौथो स्थानमै यथावत छ । लेस्टरले अब एक खेल खेल्न बाँकी छ । लेस्टरले शीर्ष चारमा रहन अब आफ्नो बाँकी खेल मात्र जितेर पुग्दै चेल्सी र म्यानचेष्टर युनाइटेडको खेलको नतिजा पनि कुर्नुपर्नेछ । ३६ खेलबाट चेल्सी ६३ अंकसहित तेस्रो स्थानमा छ । यस्तै ३६ खेलबाटै ६२ अंकसहित युनाइटेड पाँचौ स्थानमा छ ।

लेस्टरलाई पराजित गरेको टोटनहम ५८ अंक जोड्दै छैटौं स्थानमा उक्लेको हो ।

लिगकै अर्को खेलमा साउथह्याम्पटनले एएफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ । उक्त हारपछि बर्नमाउथ रेलिगेसनको अतरामा छ । ३७ खेलबाट ३१ अंक रहेको बर्नमाउथ पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

अलग भए सुधांशु र उषा

Advertisment