+

मेसी ला लिगाको सर्वाधिक गोलकर्ता, सातौं पटक जिते पीचीची अवार्ड

२०७७ साउन  ५ गते १०:५८ २०७७ साउन ५ गते १०:५८
मेसी ला लिगाको सर्वाधिक गोलकर्ता, सातौं पटक जिते पीचीची अवार्ड

५ साउन, काठमाडौं । बार्सिलोनाका कप्तान लिओनल मेसी स्पानिस ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बनेका छन् । सिजनको अन्तिम खेलमा अलाभेज विरुद्ध ५-० को जित हात पार्दा २ गोल गरेका मेसीले यस सिजन कूल २५ गोल गरे ।

सातौं पटक सर्वाधिक गोलकर्ता बनेका मेसीले कीर्तिमानी सातौं पटक पीचीची अवार्ड पाउनेछन् । ला लिगाको सर्वाधिक गोलकर्तालाई यो अवार्ड दिने गरिन्छ । मेसीले यस सिजन घरेलु मैदानमा १९ र अवे मैदानमा ६ गोल गरे।

लगातार चौथो पटक गोलकर्ता बनेका मेसीले टेल्मो जाराका कीर्तिमान तोडेका छन् । जाराले ६ पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेका थिए ।

यस सिजन सर्वाधिक गोलकर्ता बनेका मेसीले सर्वाधिक २१ असिस्ट समेत गरेका छन् । उनले एकै सिजन २० असिस्ट गर्ने बार्सिलोनाकै जाभीको कीर्तिमानसमेत तोडे ।

लिओनल मेसी स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय