Comments Add Comment

इन्टर बराबरीमा रोकिँदा लिग लिडर युभेन्ट्सलाई फाइदा

५ साउन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतवार राति भएको खेलमा दोस्रो स्थानको इन्टरले एएस रोमासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । इन्टर रोकिँदा त्यसको फाइदा भने लिग लिडर युभेन्ट्सलाई पुगेको छ ।

रोमाको मैदानमा स्टेफान डे भ्रिजले १५औं मिनेटमा गोल गर्दै इन्टरलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा रोमाका लियोनार्दो स्पनिनाजोलाले बराबरी गोल फर्काए । ५७औँ मिनेटमा हेनरिख मिखातर्याले गोल गर्दै रोमालाई २-१ को अग्रता दिलाएका थिए ।

रोमा जित नजिक पुगेका बेला इन्टरले खेल सकिन दुई मिनेट अघि पेनाल्टी पायो र त्यसमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई हारबाट जोगाए । रोमाका गोलकर्ता स्पिनाजोलाले भिक्टोर मोसेसलाई फाउल गरेपछि इन्टरले पेनाल्टी पाएको थियो ।

बराबरीपछि ३४ खेलबाट ७२ अंक जोड्दै इन्टर दोस्रो स्थानमै यथावत छ । एक खेल कम खेलेको युभेन्ट्स ७७ अंकसहित शीर्ष स्थानमा छ । युभेन्सले आज राति चौथो स्थानको लाजियोसँग खेल्दैछ ।

उता ३४ खेलबाट ५८ अंक जोडेको रोमा पाँचौ स्थानमै छ ।

सिरी ए कै अन्य खेलमा नापोलीले उडिनेसीविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ । जितपछि ३४ खेलबाट ५६ अंक जोड्दै नापोली छैटौं स्थानमा उक्लेको छ । एसी मिलानसंग समान अंक रहेपनि हेड टु हेडमा रोमा अघि रहेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

अलग भए सुधांशु र उषा

Advertisment