Comments Add Comment

सुख्खा बन्दरगाह भन्सारले राजश्वको लक्ष्य भेटेन

५ साउन, वीरगञ्ज । वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा ५ अर्ब ६८ करोड रुपैयाँ कम राजश्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७६/७७ का लागि ४१ अर्ब ८८ करोड ५ लाख ४ हजार रुपैयाँ लक्ष्य पाएकामा ३६ अर्ब १९ करोड ७३ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

भन्सार महसुलतर्फ १९ अर्ब २२ करोड ९० लाख ४८ हजार लक्ष्य पाएकोमा १६ अर्ब ५८ करोड ९९ लाख ४१ हजार संकलन गरेको छ ।

मूल्य अभिवृद्धि करतर्फ १९ अर्ब ४० करोड ६ लाख २६ हजार लक्ष्य पाएकोमा १७ अर्ब १४ लाख २९ हजार, अन्तःशुल्कतर्फ ३ अर्ब २५ करोड ८ लाख २९ हजारको लक्ष्यमा २ अर्ब ४३ करोड २ लाख ७० हजार र सडक निर्माण दस्तुरतर्फ १७ करोड ५७ लाख ५ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।

लक्ष्य भन्दा कम राजश्व संकलन भएपनि अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा भन्दा झण्डै ४ अर्ब बढी राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले ३२ अर्ब २५ करोड ३१ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

लामो समयसम्म चलेको लकडाउन र सरकारले लिएको नीतिका कारण राजश्व संकलनमा नकारात्मक प्रभाव देखिएको बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।

‘लामो समयदेखिको लकडाउनका कारण बजार चलायमान छैन, न उद्योग धन्दा नै राम्रोसँग चल्न पाएको छ । त्यसमाथि गत वर्ष सरकारले इनर्जी डिं«क्सको आयातमा प्रतिबन्ध लगायोे, चैतदेखि केराउ, मरिच, छोकडा, सुपारी आयतमा कडाइ गरेको छ । भन्सार यार्डमा आइपुगेका समान पनि पास गर्न मिलेको छैन’ प्रमुख श्रेष्ठले भने ‘त्यसको नकारात्मक असर राजश्व असुलीमा देखिएको छ । व्यापारमा मन्दी छाएकोले विभागको लक्ष्य भेट्टाउन सकिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment