+
+
Shares

घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते ६:०४

६ साउन, कैलाली । कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिसरण भट्टले भने, ‘आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुन पाएन ।’

उक्त गाडी उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको निमित्त प्रशासकीय प्रमुखको क्वाटर अगाडि राखिएको गाडीमा आगजनी भएको हो ।

सँगै नगरप्रमुख ममता प्रसाद चौधरीले चढ्ने गाडी रहे पनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडी क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?