+
+
Shares

पहिरोले सिद्धार्थ र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन ६ गते ६:५७

६ साउन, बुटवल । भारी वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा प्रदेश ५ मा सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका छन् ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै सोमबार राति पहिरो खस्दा बुटवल–तानसेन सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो । त्यहाँ दुई हप्तादेखि पहिरो खस्ने र पन्छाउने क्रम चलिरहेको छ ।

सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिकै भीरबाट ढुंगाको थुप्रो खस्दा बुटवल–दोभान खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी मदन गिरीले बताए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?