+

वल्भ्स छैटौं स्थानमा उक्लियो

२०७७ साउन  ६ गते ९:१४ २०७७ साउन ६ गते ९:१४
वल्भ्स छैटौं स्थानमा उक्लियो

६ साउन, काठमाडौं । प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा वल्भ्सले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको छ । जितपछि वल्भ्स अंक तालिकामा टोटनहमलाई पछि पार्दै छैटौं स्थानमा उक्लेको छ र युरोपा लिगको प्ले अफ खेल्ने सम्भावना कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा ड्यानिएल पोडेन्सले ४१औं मिनेटमा गोल गर्दै वल्भसलाई अग्रता दिलाएका थिए । वल्भ्सका लागि दोस्रो गोल ६८औं मिनेटमा जोनीले गरे।

जितपछि वल्भ्सले ३७ खेलबाट ५९ अंक जोडेको छ । टोटनहमको समान खेलबाट ५८ अंक छ । दुवै टोलीले अब लिगमा एक खेल खेल्न बाँकी छ । प्रिमियर लिगको छैटौं स्थानमा रहने टिमले युरोपा लिगको लागि छनोट खेल्न पाउनेछ । प्रिमियर लिगको पाँचौ हुने टिम भने सोझै युरोपा लिगमा छनोट हुनेछ ।

क्रिस्टल प्यालेस भने ४२ अंकसहित १४औं स्थानमा छ ।

लिगकै अन्य खेलमा एभरटनले आठौं स्थानको शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गरेको छ । यस्तै न्यूकासल युनाइटेड र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय