Comments Add Comment

राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

नेकपा बैठकले ध्वस्त भएका सडक पुल जस्ता संरचना पुनर्निर्माणमा पनि जोड दिएको छ ।

बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment