+
+
Shares

सहकारीको पनि साउन १५ सम्म उठ्ने ब्याज गत आवको नाफामा जोडिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई साउन १५ सम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
  • सहकारी संस्थामा कर्जा असुलीमा हुने ढिलाइलाई मध्यनजर गर्दै प्राधिकरणले गत आर्थिक वर्षको नाफा गणना गर्न १५ दिनको समय थप गरेको हो।
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि गरेको समान व्यवस्थालाई पछ्याउँदै प्राधिकरणले असार ३२ गते यस्तो निर्देशन जारी गरेको छ।

४ साउन, काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने भएका छन् । सहकारीले गत आर्थिक वर्षमा उठ्नु पर्ने ब्याज साउन मध्यसम्म उठ्दा पनि आयमा समावेश गर्न पाउने भएका हुन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गत आर्थिक वर्षमा पाकेको तर चालु आवको साउन १५ गतेसम्म उठेको ब्याजलाई नाफामा देखाउन पाउने व्यवस्था गरेको हो ।

सहकारी संस्थाको कर्जा नउठ्ने वा ढिला उठ्ने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले १५ दिनसम्मको उठेको ब्याजलाई नाफामा गणना गर्न पाउन व्यवस्था गरेको छ ।

प्राधिकरणले असार ३२ गते निर्देशन जारी गर्दै बचत तथा ऋण सहकारी संस्थाको हकमा गत आर्थिक वर्षका लागि १५ दिन थप गरेको हो । यसभन्दा अघि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाको हकमा पनि सोही व्यवस्था गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?