+
+
Shares

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १५:११

६ साउन, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।

सरकारले  काठमाडौं उपत्यका र अन्य बाहिरी जिल्लाहरुमा आन्तरिकरुपमा सार्वजनिक सवारी चलाउने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले विभिन्न माग राख्दै सार्वजनिक सवारी चलाउन इन्कार गर्दै आएका थिए।

सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु बोक्न पाउने नियम बनाएको छ । साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिन सक्ने पनि भनेको छ ।

तर, व्यवसायीहरु ४ महिनादेखि थन्किएको सवारी साधन बाहिर निकाल्ने वातावरण नभएको भन्दै गाडी लिएर सडकमा निस्कन मानेका थिएनन्।

यातायात व्यवस्था विभागसँग ५०/५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएको महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले जानकारी दिए ।

लामो दूरीमा सवारी खोल्न पनि यातायात व्यवस्था विभागमार्फत सरकारसँग अनुरोध गर्ने सहमति भएको छ । मौद्रिक नीतिले पनि व्यवसायीलाई पुर्नकर्जा लगायतका सुविधा दिएकाले यातायात चलाउने वातावरण तयार भएको अध्यक्ष कर्माचार्यले बताए । ‘पहिलोपटक सरकारले यातायात व्यवसायीको समस्या सम्बोधनका लागि काम गरेको छ,’उनले भने,’स्वरोजगार मजदुरको बाहुल्यता रहेको यो व्यवसायमा रहेका अरु धेरै समस्या पनि समाधान हुनुपर्छ ।’

४ महिना ४ हजार वर्ष जत्तिकै कठीन रुपमा काटेको भन्दै व्यवसायीहरुले अब सवारी चलाउँदा सतर्कता अपनाउने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?