Comments Add Comment

विप्लव समूहका पूर्वसैन्य कमाण्डर पक्राउ

६ साउन, काठमाडौं । प्रतिबन्धित विप्लव समूहका पूर्वसैन्य कमाण्डरसहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाबाट कुमार भनिने चित्रबहादुर बिक र सुरेश रावतलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

चित्रबहादुर विप्लव समूहको भेरी कर्णाली न्याय विभागका पूर्वप्रमुख र पूर्वसैन्य माण्डर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्रला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्‍काले जानकारी दिए ।

चित्रबहादुरसँग पक्राउ परेका रावत पनि विप्लव समूहकै कार्यकता भएको खुलेको र उनीहरुको थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment