Comments Add Comment

प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरे, सदस्यमा पौडेल र मैनाली

६ साउन, काठमाडौं । सरकारले प्रशासकीय अदालतको अध्यक्षमा पूर्वसचिव डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रशासकीय अदालतका दुईजना सदस्यमा उच्च अदालत पोखराका रजिष्ट्रार कृष्णप्रसाद पौडेल र अधिवक्ता रीता मैनाली नियुक्त भएका छन् ।

पौडेलले प्रशासकीय अदालतको सदस्य नियक्त हुनुअघि रजिष्ट्रार पदमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । झापाकी मैनाली स्कुल अफ ल मा आवद्ध छिन् ।

यसअघि प्रशासकीय अदालतको अध्यक्षमा काशिराज दाहाल थिए भने सदस्यमा कुमार योञ्जन तामाङ र ङइन्द्रप्रसाद उपाध्याय कार्यरत थिए ।

अघिल्लोपटक जनजातिलाई समेटेर समानुपातिक बनाइएको थियो भने यसपटक महिलाको प्रतिनिधित्व गराइएको छ ।

निजामति कर्मचारीहरुको विभागी कारवाहीउपर पुनरावेदन सुन्ने उदेश्यले प्रशासकीय अदालत २०४४ सालमा स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment