Comments Add Comment

स्याङ्जामा पहिरोले घर बगाउँदा आमाको मृत्यु, छोरी घाइते

फाइल तस्वीर

७ साउन, काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।

घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए । उनकी २० वर्षीया छोरी नारायणी सारु भने घाइते भएकी छन् । नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको उनले बताए ।

डीएसपी अधिकारीका अनुसार घरमा आमा–छोरी मात्रै बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment