Comments Add Comment

तोलामै ९४ हजार पुग्यो सुनको भाउ

७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्यले अहिलेसम्मकै उच्च भाउको नयाँ कीर्तिमान बनँको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

चाँदीको मूल्यवृद्धि भने पहिले १४ सय ५० रुपैयाँसम्म पुगेको उनको भनाई थियो । कोरोनाका कारण प्रभावित विश्व अर्थतन्त्रका कारण सुनको भाउ अझै केही समय बढ्दो क्रममा हुने उनले बताए ।

अफसिजनका कारण सुनको कारोबार नरहेको र बढ्दो मूल्यले गर्दा उपभोक्ता सुन बजारबाट तर्सिने अवस्था बनेको महासचिव बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment