+
+
Shares

देशभरका नदीमा जलसतह घट्दै, आज पनि पानी पर्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १३:५०

७ साउन, काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ ।

कन्काइ, कमला, बागमती, नारायणीलगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहे पनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र केही सहायक नदीहरुमा पानीको बहाब घट्दो क्रममा रहेको बताए ।

यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाब घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती नदीमा बहाब घटबढ हुने क्रममा रहको उनले बताए ।

गत २४ घण्टामा कन्काइ नदीमा ९८ दशमलव ४ मिलिलिटर पानी परेको छ । यस्तै भैरहवामा ६४ दशमलव ५, गल्कोटमा ७४ दशमलव २ मिलिलिटर पानी परेको वैद्यले जानकारी दिए ।

आगामी २४ घण्टामा प्रदेश नम्बर १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए । बुधबार अधिकांश स्थानमा वर्षा नभए पनि वर्षा नै नहुने भन्ने नभएको वैद्यले बताए ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती बबई महाकालीलगायतका २१ वटा नदी आफ्नो कार्यक्षेत्र भित्र रहेको बताए ।

महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोशी, बागमती र कमला लगायत १० वटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?