
७ साउन, काठमाडौं । प्रदेश १ को प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
ज्वरो आएपछि परीक्षणका लागि नमुना पठाइएकामा मंगलबार उनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।
उनलाई कोशी अस्पतालको आइसोलेसनमा लगिएको छ ।
डीआईजी कार्कीका अनुसार उनको संक्रमणको स्रोत पत्ता लागेको छैन । ‘बुधबार कार्यालय बन्द गरेर डिस्इन्फेक्ट गर्दैछौं, कन्ट्याक ट्रेसिङ पनि सुरु गरिएको छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4