Comments Add Comment

मन्त्री र सचिवका बीचमा कार्य सम्पादन सम्झौता

७ साउन, हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा बुधबार कार्यसम्पादन सम्झौता गरिएको छ ।

मन्त्री अरुणप्रसाद नेपाल र सचिव शिवकुमार वाग्लेका बीचमा कार्यसम्पादन सम्झौता भएको हो ।

एक वर्षको अवधिमा गर्ने कामका विषयमा सम्झौतामा मन्त्री र सचिवले हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री नेपालले समयमानै काम सक्नेगरी सम्झौता गरिएको बताए । सम्झौताले बजेटमा उल्लेख गरिएका कार्यक्रम समयमा नै सक्नका लागि सहयोग पुग्ने पनि उनले बताए ।

यो आर्थिक वर्षमा राम्रा कामले सफलता प्राप्त गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरेको उनले बताए । मन्त्रालयमा बुधबार नै मन्त्रालयका सचिव शिवकुमार वाग्लेले प्रदेश वन निर्देशक विद्यानाथ झा र उद्योग निर्देशक कृष्णप्रसाद दाहालका बीचमा कार्यसम्पादन सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment