+

इन्टर बराबरीमा रोकिँदा युभेन्ट्सलाई फाइदा

२०७७ साउन  ८ गते ८:०६ २०७७ साउन ८ गते ८:०६
इन्टर बराबरीमा रोकिँदा युभेन्ट्सलाई फाइदा

८ साउन, काठमाडौं । इटालियन सिरी ‘ए’मा तेस्रो स्थानको इन्टर मिलान बराबरीमा रोका लिग लिडर युभेन्ट्स लगातार नवौं पटक उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा इन्टर फियोरिन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरी पछि इन्टरले दोस्रो स्थानमा उक्लने अवसर समेत गुमायो ।

युभेन्ट्सले दोस्रो स्थानको एटलान्टामाथि ६ र तेस्रो स्थानको इन्टरमाथि ७ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले अझै एक खेल कम खेलेको छ ।

युभेन्ट्सले चार मध्ये एक खेल मात्र जितेमा पनि च्याम्पियन बन्नेछ । युभेन्ट्सले आज उडिनेसीसँग प्रतिस्पर्धा गर्दैछ ।

सिरी ए कै अन्य खेलमा रोमाले अन्तिम स्थानमा रहेको एसपीएललाई ६-१ ले पराजित गरेको छ । जितपछि ३५ खेलबाट ६१ अंक जोड्दै रोमा पाँचौ स्थानमा उक्लेको छ ।

उता पार्मासँग २-१ ले पराजित भएको नापोली ५६ अंकसहित सातौं स्थानमै यथावत छ ।

युभेन्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय