Comments Add Comment

चल्न थाले सार्वजनिक यातायात (फोटो फिचर)

८ साउन, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त घोषणा गरेपछि बिहीबारदेखि धेरै सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् ।

यसअघि पनि फाट्टफुट्ट सार्वजनिक यातायात चले पनि व्यवसायीका प्रतिनिधिमूलक संस्थाले आफ्ना केही माग सम्बोधन भएपछि मात्र यातायात चलाउने घोषणा गरेका थिए ।

व्यवसायी र मजदुरका माग सरकारले सम्बोधन गर्ने बताएपछि साउन ८ गतेपछि देशभर यातायातका साधन चलाउने व्यवसायीले बताएका थिए । हाललाई काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरभर र उपत्यकाबाहिर सम्बन्धित जिल्लाभित्र मात्र यातायातका साधन चलाउन पाइन्छ ।

बिहीबारदेखि काठमाडौंका सडकमा बाक्लो संख्यामा सार्वजनिक यातायात देखिएका छन् । रत्नपार्कको खुलामञ्चस्थित बस टर्मिनलमा बिहीबार बाक्लो संख्यामा सवारी साधन देखिएका छन् । सडकमा पनि सार्वजनिक यातायातको संख्या बढेसँगै जाम हुन थालेको छ ।

सरकारले सार्वजनिक यातायातमा एक पंक्तिमा एक जनामात्र राख्न पाइने, मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुुपर्नेजस्ता सावधानीको उपाय अपनाउन आग्रह गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment