Comments Add Comment

चीनले पठायो मंगलग्रहमा अन्तरिक्ष यान

८ साउन, काठमाडौं । चीनले बिहीबार मंगल ग्रहको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । स्थानीय समयअनुसार दिउँसो १२ः४० मा हैनान टापुको लङमार्च–५ रकेटबाट चीनले उक्त यान प्रक्षेपण गरेको हो । यो चीनको लागि सबैभन्दा महत्वाकांक्षी मंगल मिसन हो ।

अहिले चीनले पठाएको यो यान आगामी फेब्रुअरीमा मंगलग्रहको कक्षमा पुग्नेछ । टियानवेन–१ नाम दिइएको यो यान मंगल ग्रहको कक्षमा पुगेपछि यसले थप दुई देखि तीन महिनासम्म ल्याण्ड गर्ने प्रयास गर्नेछैन । यो अवधिमा मंगल ग्रहको वायुमण्डलको अवस्थाको विषयमा जानकारी लिने काम हुने बताइएको छ ।

११ दिनमा प्रक्षेपणको तयारी गरिएको मंगल मिसनमध्ये टियानवेन–१ पनि एक हो । यसअघि सोमबार यूएईले पनि आफ्नो होप स्याटेलाइट मंगलग्रहका लागि प्रक्षेपण गरेको थियो । त्यस्तै, अबको एक सातामा नासाले पनि मंगलको लागि अर्को रकेट प्रक्षेपण गर्दैछ ।

टियानवेन–१ ले मंगल ग्रहको भूगर्भको पनि अध्ययन गर्नेछ । साथै सतहमुनिको पनि अध्ययन गर्नेछ । चीनले यसअघि सन् २०११ मा पनि अन्तरिक्ष विमान प्रक्षेपण गरेको थियो । तर, उक्त विमान पृथ्वीको कक्षबाट पनि बाहिर निस्किन सकेको थिएन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment