Comments Add Comment

बोर्डिङ स्कुलका शिक्षक तलब माग्दै सडकमा

८ साउन, बुटवल । निजी शैक्षिक संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐेन अनुसार सूचिकृत गर्नुपर्ने लगायतका माग गर्दै निजी विद्यालयका शिक्षक कर्मचारीहरुले बुटवलमा प्रदर्शन गरेका छन् ।

श्रम ऐन अनुसारकाे सेवा सुविधा तत्काल कार्यान्वयन गर्नुपर्ने, हालसम्म खाईपाई आएको सेवा सुविधा विनाशर्त तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग गर्दै शिक्षक कर्मचारीहरुले बुटवलको ट्राफिकचोकमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

निजी तथा संस्थागत विद्यालय शिक्षक–कर्मचारी युनियन प्रदेश ५ को आयोजनामा शिक्षक–कर्मचारीले झरीमा रुझ्दै एक घण्टा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछिको कोणसभामा युनियनका केन्द्रीय सदस्य हरिप्रसाद पौडेलले र प्रदेश ५ का अध्यक्ष लेखनाथ पौडेलले शिक्षक कर्मचारीको मेहनत र पसिनाका कारण निजी विद्यालयले मुनाफा आर्जनसँगै शैक्षिक गुणस्तर सुधार्न सफल भएपनि शिक्षक–कर्मचारीका हक अधिकारप्रति सधैं उदासीन हुने गरेको गुनासो गरे । माग पूरा नभए चरणवद्ध आन्दोलनमा जाने उनीहरुले बताए ।

प्रदेश ५ मा करिब एक हजार निजी विद्यालयमा ६० हजार शिक्षक कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment