९ साउन, काठमाडौं । आर्सनलका पूर्वप्रशिक्षक उनाई एमेरी ला लिगा क्लब भिल्लारियलको प्रशिक्षक नियुक्त भएका छन् । ४८ वर्षीय स्पानिस एमेरीले अब जाभी कालेजोको स्थान लिनेछन् । एमेरीसँग क्लबले ३ वर्षको सम्झौता गरेको बीबीसीले जनाएको छ ।
भिल्लारियलले ला लिगामा पाँचौ स्थान हात पार्दै युरोपा लिगमा स्थान पक्का गरे पनि कालेजोले क्लब छाडेका हुन् ।
नोभेम्बरमा आर्सनलले बर्खास्त गरेपछि एमेरी कामविहीन थिए । उनले लण्डन क्लबमा १८ महिना काम गरे । आर्सन वेंगरले २०१८ मे मा क्लब छाडेपछि एमेरीले आर्सनलको प्रशिक्षण सम्हालेका थिए ।
एमेरीले यसअघि स्पेनकै सेभिया र भ्यालेन्सियाको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको पनि प्रशिक्षण गरिसकेका छन् ।
प्रतिक्रिया 4