Comments Add Comment

फिल्म रिलिजको सुरुवात कसरी गर्ने ?

नेपाली चलचित्रकर्मीहरुले सरकारले चलचित्र क्षेत्रलाई चलायमान बनाएन भनेर आलोचना गर्छन् । सरकारले नेपाली चलचित्रलाई वेवास्ता गरेको भन्दै आलोचना गर्ने चलचित्रकर्मीहरु चलचित्र रिलिजको सुरुवात कसरी गर्ने भन्ने बिषयमा अझै निर्णय गर्न सकेका छैनन् ।
नायिका पूजा शर्माले नेपाली चलचित्र चलायमान बनाउन हिन्दी चलचित्र नै चाहिने हो भनेर प्रश्न गरिन् । तर, पूजाले नै अभिनय तथा निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले रिलिज हुन्छ पक्का छैन ।

निर्माण भएर रिलिजका लागि तयार भएका चलचित्रहरु नै हल खुल्ने वित्तिकै चलचित्र रिलिजका लागि तयार छैनन् ।

चलचित्र निर्माता संघ र चलचित्र संघले कुनै मोडालिटी नै बनाउन सकेका छैनन् । भारतमा अझै केही महिना हल खुल्ने संभावना छैन । यसैले, बलिउड चलचित्रको मुख ताकेर बस्ने हो भने हल खुल्न पनि लामो समय लाग्नेछ ।

यसैले, निर्माता र चलचित्र संघका पदाधिकारीले यस बिषयमा सहमती गरेर अगाडि बढ्न आवश्यक छ ।

नेपाली चलचित्रकर्मीसँग सरकारले हल खोल्ने अनुमती दियो भने पनि के चलाउने भन्ने कुनै योजना छैन । यसैले, पहिले चलचित्र रिलिजको सुरुवात कसरी गर्ने भन्ने बिषयमा छलफल आवश्यक देखिन्छ । सरकारसँग माग मात्र सोझाएर बस्ने कि, आफू पनि तयार हुने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment