Comments Add Comment
युवतीमाथि एसिड आक्रमण :

बोलाएर खाजा खुवाए, घर छेऊमै एसिड हान्न लगाए

९ साउन, काठमाडौं । डल्लु बस्दै आएका रौतहटका मोहम्मद आलमले ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई ‘बहिनी’ भनेर सम्बोधन गर्थें । पवित्राकी दिदी पनि तीन वर्षदेखि आलमकै गार्मेन्ट उद्योगमा काम गर्थिन् ।

एक रेस्टुराँमा गरिरहेको काम छाडेपछि बेरोजगार भएका बेला पवित्राले पनि केही समय त्यही गार्मेन्टमा काम गरिन् । राम्रो जागिर पाएपछि भने गार्मेन्टको काम छाडिन् ।
पवित्रालाई उनले बहिनीको रुपमा मात्र हेरेका रहेनछन् भन्ने त्यतिबेला खुल्यो, जब आलमले कार्कीलाई फेसबुकमा अनौठा सन्देश पठाउन थाले ।

त्यसपछि पवित्राले आलमको नियत बुझेकी थिइन् । तर, त्यो नियत एसिड प्रहार जस्तो घृणित अपराधको चरणसम्म पुग्ला भन्ने उनले कल्पनासम्म गरेकी थिइनन् ।

चार महिनाअघि नै पवित्राले सामाजिक सञ्जालमा आलमलाई ब्लक गरेकी थिइन् । यसबाट उनले चार महिनादेखि नै आलमबाट छुटकरा पाउन खोजेको देखिन्छ ।

फेसबुकमा ब्लक गरेपछि आलमले फोन सम्पर्कका जोड गरेको देखिन्छ । आलमले भने उनलाई दैनिक कम्तिमा ९/१० पटक फोन गरेको कल डिटेल रेकर्ड (सीडीआर) ले देखाउँछ । तर, दुईबीच संवाद भने खासै भएको देखिँदैन ।

एसिड आक्रमण भएको दिन बिहीबार साँझ पनि उनलाई आलमले पाँच पटक फोन गरेको देखिन्छ । ‘धेरै फोन आएपछि उनले उठाएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘फोनमा भेटेर चिया, खाजा खाउँ भनेर प्रस्ताव गरेको पाइएको छ ।’

त्यसपछि सितापाइला चोकमा आएर चिया-खाजा खाएको देखिन्छ । ती अधिकृतका अनुसार करिब आधा घन्टापछि त्यहाँबाट उनीहरू निकिस्छन् । आलमले पवित्रालाई मोटरसाइकलमा पुर्‍याइदिने बताउँछन् ।

‘त्यसपछि आलमले वाफलबाट पाँच मिटरभित्र रहेको घर छेऊ लगेर युवतीलाई छाडेको पाइएको छ’, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘तर, त्यहाँ आलमले पहिल्यै एसिड हान्न तयार गरेर फैयाज आलमलाई राखिसकेका थिए ।’

आलम युवतीलाई छाड्ने वित्तिकै केही पर पुगेको देखिएको छ भने युवती एसिड प्रहार हुने वित्तिकै घरतिर दगुरेकी छन् । गेटबाट स्थानीयले उनलाई हस्पिटलसम्म लगेको ज्ञवालीले बताए ।

युवती र आक्रमणकारी । सीसी टीभी फुटेजको दृश्य ।

फैयाज एसिड आक्रमणका योजनाकार आलमकै कामदार हुन । घटनापछि आलम भने एसिड प्रहार गर्ने फैयाजलाई लिएर गार्मेन्टतिरै गएको पाइएको उनीले बताए ।

घटनालगत्तै काठमाडौं प्रहरी परिसर, टेकुले क्लोज सर्किट क्यामरा (सीसी टिभी) फुटेजको आधारमा अनुसन्धान गरिरहेको थियो भने महानगरीय अपराध अनुसन्धान महाशाखाले प्राविधिक पक्षको विश्लेषण गरिरहेको थियो ।

यो पनि पढ्नुहोस आक्रमणकारीको बयान– रक्सी भनेर हानेको थिएँ, एसिड रहेछ (भिडियो)

प्रहरीले युवतीको प्रेमीलाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढाइए पनि सीसी क्यामरामा देखिएका व्यक्ति कार्की र परिवारका अन्य सदस्यसँग परिचित थिएनन् । त्यही वेला अपराध महाशाखाले गरेको सीडीआर एनालाइसिसमा आलमले पटकपटक कार्कीलाई फोन गर्ने र कार्कीले रिसिभ नगर्ने गरेको देखियो ।

एसएसपी ज्ञवाली

‘त्यसपछि आलमलाई खोज्दै हामी गार्मेन्टसम्म पुग्यौं’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘आलमलाई समातेपछि फैयाज पनि समातिए । उनको हात डढेको देख्ने वित्तिकै अपराधमा संलग्नता पुष्टि भइहाल्यो ।’

पक्राउ परेपछि रक्सीको पुरानो बोतलमा लगेर एसिड छ्यापेको उनले बयान दिएका छन् । अपराधस्थलबाट बोतल बोकेरै आए पनि विष्णुमती खोलामा फ्याँकेको उनीहरुको भनाइ छ । फैयाजले भने आफूलाई बोतलमा रक्सी नभइ एसिड भएको कुरा थाहा नभएको बयान दिएका छन् ।

एसएसपी ज्ञवाली पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहितामा भएको तेजाब प्रहार सम्बन्धी कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान गरिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment