+
+
Shares

भैरव नवदीप विद्यालयलाई कुमारी बैंकको जिन्सी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १७:५५

९ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ।

यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, मंगलबार केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलापका लागि बैंकले विद्यालयलाई सहयोग गरेको छ।

बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक कार्यक्रमकामा बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई उक्त जिन्सी सामान हस्तानतरण गरेका हुन्।

उक्त सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुर्‍याउनु रहेको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?