Comments Add Comment

डिजिटल प्लेटफर्ममा सुशान्तको ‘दिल बेचरा’को नयाँ रेकर्ड

बिहिबार बेलुकी डिजिटल प्लेटफर्ममा रिलिज भएको नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’ले नयाँ रेकर्ड राखेको छ । यो चलचित्रलाई २४ घन्टा भन्दा कम समयमा ७ करोड ५० लाख भन्दा बढी भ्यूज मिलेको छ । यो कुनै पनि भारतीय चलचित्रलाई डिजिटल प्लेटफर्ममा मिलेको सर्वाधिक धेरै भ्यूज हो ।

लभ स्टोरी कथामा बनेको यो चलचित्रको ट्रेलरले पनि युटुबमा नयाँ रेकर्ड राखेको थियो । यो चलचित्रको ट्रेलरलाई युटुबमा १ करोड भन्दा बढी लाइक्स मिलेको छ ।

यो चलचित्रमा सुशान्त सिंह राजपुत, सन्जना साँघी लगायतका कलाकारको अभिनय छ । मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले अत्याधिक रुचाएका छन् । ए आर रहमानको संगीत रहेको चलचित्रलाई हटस्टारमा रिलिज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment