Comments Add Comment

व्यापार घाटामा सुधार, लकडाउनका कारण निर्यात पनि ऋणात्मक

फाइल तस्वीर

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको छ । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटामा १६.७१ प्रतिशतको सुधार देखिएको भन्सार विभागले जानकारी दिएको छ ।

आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै विदेशबाट वस्तु आयात घटेको थियो । विभागका अनुसार वस्तु आयातमा देखिएको कमीले अन्ततः समग्र वैदेशिक व्यापार घाटामा भने सुधार देखिएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा कुल आयात आर्थिक वर्ष २०७५/७६ को तुलनामा १५.६३ प्रतिशत कम भएको छ । १ सय ५५ मुलुकसँग भएको वैदेशिक व्यापारमा भारतबाट सबैभन्दा बढी वस्तु आयात भएको छ । भारतबाट ७ खर्ब ३५ अर्बको सामान आएको छ । नेपालबाट भने ६९ अर्ब ८ करोड रुपैयाँको वस्तु भारततर्फ निर्यात भएको छ ।

चीनबाट १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनतर्फ १ अर्ब १८ करोडको वस्तु निर्यात भएको छ ।

लकडाउनका कारण निर्यात पनि घट्यो

११ औं महिनासम्म अघिल्लो आर्थिक वर्षको तुलनामा अगाडि रहेको निर्यात २०७७ असार महिनामा भने ओरालो लाग्यो । जसले गर्दा आर्थिक वर्ष २०७६/७७ मा कुल निर्यात पनि अघिल्लो आर्थिक वर्षमा भन्दा ०.९८ प्रतिशतले कम भयो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते लकडाउन गर्नुअघि निर्यात वृद्धिदर प्रतिमहिना १५ प्रतिशतभन्दा माथि थियो । त्यसपछि खस्किएको निर्यात माथि उठ्न भने सकेन ।

करिब १३ खर्बको वैदेशिक व्यापार

एक वर्षको अवधिमा नेपालको वैदेशिक व्यापारको आकार करिब १३ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल १२ खर्ब ९२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्षका भन्दा १४.६९ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७५/७६ मा कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको थियो ।

१ सय ५५ मुलुकसँग भएको वैदेशिक व्यापारमा भारतबाट सबैभन्दा बढी वस्तु आयात भएको छ । भारतबाट ७ खर्ब ३५ अर्बको सामान आएको छ । नेपालबाट भने ६९ अर्ब ८ करोड रुपैयाँको वस्तु भारततर्फ निर्यात भएको छ ।

चीनबाट १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनतर्फ१ अर्ब १८ करोडको वस्तु निर्यात भएको छ ।

२०७६/७७ को वैदेशिक व्यापार

विवरण         आर्थिक वर्ष २०७५/७६          आर्थिक वर्ष २०७६/७७           परिवर्तन प्रतिशत         
आयात १४ खर्ब १८ अर्ब ५३ करोड ११ खर्ब ९६ अर्ब ७९ करोड -१५.६३
निर्यात ९७ अर्ब १० करोड ९६ अर्ब १५ करोड -०.९८
व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड ११ खर्ब ६४ करोड -१६.७१
कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड १२ खर्ब ९२ अर्ब ९५ करोड -१४.६९
व्यापारमा निर्यातको हिस्सा ६.४१ प्रतिशत ७.४४ प्रतिशत १६.०७
व्यापारमा आयातको हिस्सा ९३.५९ प्रतिशत ९२.५६ -१.१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment