Comments Add Comment

रुसमा नयाँ कोरोना संक्रमितको संख्या अप्रिलयताकै कम

१२ साउन, काठमाडौं । रुसमा एकैदिन भेटिएका कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या अप्रिल २३ यताकै सबैभन्दा कम देखिएको छ । रुसले दिएको आधिकारिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसका पाँच हजार ६३५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै रुपमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या आठ लाख १८ हजार १२० पुगेको छ । रुस कोरोना संक्रमितको आधारमा सबैभन्दा धेरै प्रभावित हुने चौथो मुलुक हो ।

सोमबार दिइएको जानकारी अनुसार पछिल्लो २२४ घण्टामा रुसमा कोरोना भाइरसको कारण ८५ जनाको मृत्यु भएको छ । यससँगै रुसमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १३ हजार ३५४ पुगेको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment