Comments Add Comment

भेट्रान्स भलिबल असोज १० देखि

१२ साउन, काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा आगामी असोज १० देखि १५ गतेसम्म भेट्रान्स पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटनको खेल मैदानमा हुनेछ ।

आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालका अनुसार प्रतियोगितामा २०३८ सालसम्म जन्मिएका खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

एक टिममा ५ खेलाडी एक प्रशिक्षक गरी ६ जना हुने पर्ने आयोजकले जनाएको छ । यस्तै सहभागी टिमले राष्ट्रिय टिमका पूर्व खेलाडीमध्ये एक खेलाडी आफ्नो टिममा राख्न पाउनेछन् । एक टिमले एक महिला खेलाडी पनि राख्न पाउनेछन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख कप र गोल्डे मेडल पाउनेछन् । यस्तै दोस्रो हुनेले ६० हजार र सिल्भर मेडल तथा तेस्रो हुनेले ३० हजार रुपैयाँ र ब्रोन्ज मेडल पाउनेछन् । चौथो हुने टिमले १५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाउनेछन् ।

यसैगरी उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउँनेछन् भने बेस्ट स्पाइकर बेस्ट लिफ्टर बेस्ट ब्लकर बेस्ट डिफेन्स र बेस्ट सर्भरले ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुन ५ हजार दर्ता शुल्क लाग्नेछ । दुई टिम दर्ता गरेमा भने ८ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि असोज ८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment