+
+
Shares

सुुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते २०:३३

१२ साउन, काठमाडौं । भूमिहीन र सुकुम्बासीको जबर्जस्ती विस्थापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता राजुप्रसाद चापागाईं, प्रकजकुमार कर्ण, विष्णुप्रसाद पोखरेल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सहरी विकास मन्त्रालय, वन मन्त्रालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनीहरुले जबर्जस्ती विस्थापनको रोकथाम तथा पुनः नदोहोरिने प्रत्याभूति गराउन र कुनै वस्तीबाट भूमिहीन र सुकुम्बासी परिवारलाई वासस्थानबाट विस्थापन नगर्नु नगराउनू भनी परमादेश माग गरेका छन् ।

त्यस्तै यस मुद्धाको अन्तिम टुंगो लाग्ने अवस्थासम्म जुनसुकै वस्तीबाट पनि सुकुम्बासी र भूमिहीनको उठीबास हुन सक्ने भन्दै कुनै पनि परिवारलाई वस्तीबाट विस्थापित गर्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश पनि माग गरिएको छ ।

चितवनको माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट उठीबास गराइएका चेपाङ परिवारलाई यथाशीघ्र दिगो बसोबासको व्यवस्था मिलाउन पनि अन्तरिम आदेश माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?