Comments Add Comment

कमलादीबाट १५ किलो ‘सुन’ बरामद

फाइल तस्वीर

१३ साउन, काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए भए/नभएको परीक्षणका लागि पठाइएको छ ।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment