
१३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माणको क्रममा सोमबारदेखि विश्वको सबैभन्दा ठूलो परीक्षण शुरु भएको छ ।
यो परीक्षणमा ३० हजार मानिस सहभागी हुँदैछन् । विश्वभर अहिले कोरोना भाइरसविरुद्धको खोप निर्माणको लागि काम भइरहेको छ । जसमध्ये परीक्षणको अन्तिम चरणमा रहेका खोपमध्ये अमेरिकी कम्पनीले बनाएको खोप पनि एक हो ।
नेशनल हेल्थ अफ इन्स्टिच्युट र मोडर्ना इंकले संयुक्त रुपमा यो खोप निर्माणको काम गरिरहेका छन् ।
यद्यपि अहिलेसम्म यो खोपले वास्तवमा नै काम गर्छ कि गर्दैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन । अहिले शुरु भएको परीक्षणमा सहभागी मानिसहरुलाई पनि वास्तविक खोप हो वा नक्कली खोप दिइएको हो भन्ने जानकारी दिइने छैन ।
उनीहरुलाई दुईपटक यो खोप दिएपछि वैज्ञानिकहरुले नजिकबाट यो खोपको प्रभावकारिताको विषयमा अध्ययन गर्नेछन् ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4