१३ साउन, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएको छ ।
सीपीएल आयाेजकले साेमबार खेल तालिका सार्वजनिक गरेकाे हाे । आठाैं संस्करणकाे सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टाेबागाेमा हुँदैछ ।
यस सिजनको उद्घाटन खेलमा दुई पूर्व विजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स भिड्नेछन् । यस्तै साेही दिन साविक विजेता बार्बेडाेस ट्राइडेन्ट्सले र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्ससँग खेल्नेछ ।
६ टिमले प्रतिस्पर्धा गर्ने लिगकाे फाइनल सेप्टम्बर १० मा हुनेछ ।
नेपाली खेलाडी सन्दीप यससिजन जमैका तल्लावाजबाट खेल्ने छन् । जमैकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
तर सन्दीप यसपटक सीपीएल खेल्न जाने वा नजाने निर्णय भइसकेकाे छैन । कोरोना महामारी र लकडाउनका कारण हवाई उडान नहुँदा सन्दीपले खेल्ने/नखेल्ने अझै अन्योल छ ।
प्रतिक्रिया 4