+
+
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको घर कर्जा योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १३:०६

१३ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुबिधालाई ध्यानमा राखी सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा ल्याएको छ ।

यस घर कर्जा योजना अन्तर्गत ग्राहक महानुभावले आफनो आवश्यकता अनुसार नयाँ आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । यस कर्जा अन्र्तगत ग्राहकलाई अक्षरेपी रु.पचास हजारको कोरोना बीमा तथा अक्षरेपी रु.पाँच लाख सम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?