
१३ साउन, सप्तरी । अविरल वर्षापछि खाँडो नदीमा आएको बाढी गाउँ पस्दा सप्तरीमा ३० घर डुबानमा परेको छ ।
बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीको अधिकांश ठाउँ जलमग्न भएको छ । यहाँस्थित भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बेस क्याम्प, विद्यालयमा पानी पसेको छ ।
बाढी गाउँ पसेपछि तिलाठीको बेल्ही गाउँका १० वटा घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाल जानकारी दिए ।
उनका अनुसार डुबानका कारण यहाँका बाटोहरु पनि अवरुद्व बनेको छ । सर्वसाधारण जोखिम मोलेर आवतजावत गरिरहेको झाले बताए ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँ गाउँमा पनि पानी पसेको छ । गाउँमा पानी पस्दा यहाँका २० घर डुबानमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4