+

सीपीएल खेल्न जानुअघि सन्दीपले गराए कोरोना परीक्षण

२०७७ साउन  १३ गते १७:२५ २०७७ साउन १३ गते १७:२५
सीपीएल खेल्न जानुअघि सन्दीपले गराए कोरोना परीक्षण

१३ साउन काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आफूमा कोरोना संक्रमण भएको वा नभएको जाँच्न नमुना दिएका छन् ।

सन्दीपले मंगलबार ललितपुर सानेपाको स्टार हस्पिटलमा स्वाब दिएका उनका व्यवस्थापक रमन शिवाकोटीले बताए । उनको रिपोर्ट बुधबारसम्म आउनेछ ।

अगष्ट १९ देखि ट्रिनिडाड एण्ड टोबागोमा हुने सीपीएल २०२० मा सन्दीपले जमाइका तल्लावाहजबाट खेल्नेछन् । सीपीएल खेल्नुअघि दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ ।

नेपालबाट नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएकाले सन्दीप कहिले त्यसतर्फ प्रस्थान गर्छन् भन्ने खुलेको छैन । मंगलबार बेलुकासम्म फ्लाइटबारे निर्णय हुने सन्दीपका व्यवस्थापक शिवाकोटीले बताए ।

सीपीएल खेल्न जानुअघि खेलाडीले आफ्नै देशमा कोरोना परीक्षण गरेर संक्रमण नभएको प्रमाण लिएर जानुपर्ने प्रावधान छ ।

नेपाली क्रिकेट सन्दीप लामिछाने सीपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय