+
+

नगर विकास कोषको कार्यकारी निर्देशकमा सापकोटा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १९:१८

१३ साउन, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकमा इन्जिनियर कृष्णप्रसाद सापकोटा नियुक्त भएका छन् ।

सहरी विकास मन्त्रालयसम्बद्ध नगर विकास कोषको कार्यकारी निर्देशकको पद पूर्तिको लागि मन्त्रालयले २०७७ वैशाख २४ मा निवेदन आहृवान गरेको थियो ।

प्रतिस्पर्धामा सहभागी १२ जना उम्मेदवारको अनुभव, व्यवसायिक कार्ययोजना मूल्याङ्कन र असार १०, ११, १२ र १४ गते सञ्चालित व्यवसायिक योजना प्रस्तुतीकरण र अन्तरवार्तासमेतको प्राप्ताङ्कको आधारमा सापकोटा सिफारिस भएका थिए ।

पदपूर्ति समितिको सिफारिस बमोजिम नगर विकास कोषको सञ्चालक समितिले उनलाई अनुमोदन तथा निर्णय गरी चार वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो ।

नवनियुक्त निर्देशक सापकोटा विगत १८ वर्षदेखि परामर्शदाताको रुपमा विभिन्न सहरी तथा ग्रामीण पूर्वाधारहरुको योजना तयार गर्ने, डिजाइन गर्ने, निर्माण सुपरीवेक्षण तथा व्यवस्थापनमा सक्रिय छन् ।

कोषले नगरपालिका क्षेत्रमा बसपार्क, पार्क, व्यवस्थित बजार व्यवस्थापन, नगरपालिका प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवन लगायत करिब १२०० भन्दा बढी आयोजनाहरुमा लगानी गर्दै आइरहेको छ ।

कोषले नेपाल सरकार, विश्व बैङ्क, एशियाली विकास बैङ्क, जर्मन विकाश बैङ्क, जीआईजेड, यूएनसीडीएफ इयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तिय तथा प्राविधिक स्रोतबाट वित्तीय तथा प्राविधिक सहयोग परिचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?