Comments Add Comment

तेस्रो टेष्ट २६९ रनले जित्तै सिरिज जित्यो इंग्ल्याण्डले

१३ साउन, काठमाडौं । कोरोना भाइरस महामारीपछि पहिलो पटक भएको टेष्ट सिरिज इंग्ल्याण्डले जितेको छ । वेष्ट इन्डिज विरुद्धको तीन खेलको सिरिज इंग्ल्याण्डले २-१ ले जितेको हो । पहिलो टेष्ट हारे पनि त्यसपछि पुनरागमन गर्दै इंग्ल्याण्डले लगातार दुई टेष्ट जितेको हो ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेष्टइन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारेको हो । इंग्ल्यान्डले दिएको ३९९ रनको उच्च लक्ष्य पछ्याएको वेष्ट इन्डिज दोस्रो इनिङ्समा १२९ रनमै अलआउट भयो ।

वेष्ट इन्डिजका साई होपले सर्वाधिक ३१ रन बनाए । यस्तै जर्मेन ब्लाकवुडले २३ तथा साम्रह ब्रुक्सले २२ रन बनाए ।

इंग्ल्याण्डका लागि क्रिस वोक्सले ५ र स्टुअर्ट ब्रोडले ४ विकेट लिए । ब्रोडले क्रेग बेरवेइटेलाई आउट गर्दै टेष्ट क्रिकेटमा ५०० विकेट पनि पूरा गरे ।

पहिलो इनिङ्समा इंग्ल्याण्डले ३६९ रन बनाउँदा वेष्ट इन्डिज १९७ रनमै अलआउट भएको थियो । यस्तै दोस्रो इनिङ्समा इंग्ल्याण्डले २ विकेट गुमाएर २२६ रन बनाउ इनिङ्स समाप्ती गरेको थियो ।

साउथह्याम्पटनमा भएको पहिलो टेष्ट वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो भने दोस्रो टेष्ट इंग्ल्यान्डले ११३ रनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment