+
+
Shares

रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १५:५५

नायक सुशान्त सिंह राजपुतको निधनपछि प्रहरीले यो घटनालाई व्यवसायिक कोणबाट अनुसन्धान गरिरहेको थियो । तर, अब सुशान्तका पिताले नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

उजुरी परेसँगै पटनाका ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । उनीहरुले सुशान्तको अपार्टमेन्टको पनि जाँच गर्नेछन् । यसैविच, एफआइआर दर्ता भएपछि रियाकी वकिल मंगलबार बेलुकी उनको घर पुगेकी थिइन् । उनले, अग्रिम जमानतको प्रक्रिया समेत सुरु गरेको बताइएको छ ।

भारतीय मिडियाका अनुसार रिया घरमा नभेटिएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । यस्तै, सुशान्तको परिवारका वकिल विकास सिंहले रियालाई तुरुन्तै पक्राउ गर्न माग गरेका छन् । रियाले सुशान्तको बैंकबाट पैसा निकाल्ने गरेको, परिवारसँग कुरा गर्न नदिएको आरोप सुशान्तको परिवारले लगाउँदै आएको छ ।

सुशान्त र रिया केही महिनादेखि लिभिङ टूगेदरमा थिए । तर, सुशान्तले आत्महत्या गर्नुभन्दा केही दिन अगाडि मात्र रिया आफ्नो घरमा फर्किएकी थिइन् । रियाले सुशान्तको अपार्टमेन्ट छाडेपछि उनको नम्बर ब्लक गरेको र निरन्तर ब्ल्याकमेल गरिरहेको आरोप सुशान्तका पिताले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?